नियम ४
उजुरी दिन सक्ने
(१) कसैले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुने काममा अनियमितता भएको वा हुन लागेको थाहा पाएमा सम्भवभएसम्म देहायका कुराहरु खुलाई आफ्नो नाम उल्लेख गरी वा नगरी केन्द्र समक्ष उजुरी दिन सक्नेछः –
(क) उजुरीको विषय,
(ख) अनियमितता भएको वा हुन लागेको सरकारी कार्यालय वा सार्वजनिक संस्थाको नाम तथा त्यस्तो कार्यालय वा संस्थामा कार्यरत सार्वजनिक पद धारण गरेको व्यक्ति र सो कार्यमा संलग्न अन्य कुनै व्यक्ति भए निजको समेत नाम, थर, वतन,
(ग) उजुरीलाई पुष्टी गर्ने कुनै प्रमाण वा सो सम्बन्धी विवरण,
(घ) सोही विषयमा अन्य कुनै निकायमा पनि उजुरी दिएको भए सोको विवरण,
(ङ) अन्य आवश्यक कुराहरु ।
(२) उपनियम (१) बमोजिमको उजुरी हुलाक, टेलिफोन वा अन्य कुनै विद्युतीय माध्यमबाट वा स्वयम् उपस्थित भई लिखित वा मौखिक रुपमा समेत दिन सकिनेछ ।
(३) उपनियम (२) बमोजिम टेलिफोन वा मौखिक रुपमा प्राप्त हुन आएको उजुरीलाई केन्द्रले लेखबद्ध गरी प्रमाणित गरी राख्नु पर्नेछ ।