दफा ३८
उजुरी दिन सक्ने
: (१) दफा ३६ बमोजिम कसूर मानिने कुनै कार्य भएको, भइरहेको वा हुन लागेको थाहा पाएमा जोसुकैले पनि नब्बे दिनभित्र निरीक्षण अधिकृतसमक्ष वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रहरी कार्यालयमा पर्न आएमा उजुरी प्रहरी कार्यालयले यथाशीघ्र निरीक्षण अधिकृतसमक्ष पठाई त्यसको जानकारी सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्राप्त हुन आएको उजुरी उपर निरीक्षण अधिकृतले तोकिए बमोजिम अनुसन्धान कार्य शुरु गर्नु पर्नेछ ।