नियम
उजुरी दिन सक्ने
(१) श्रम ऐन, २०४८ तथा अन्य प्रचलित कानुन बमोजिम श्रम अदालतको शुरु कारवाही र किनारा गर्ने भनी तोकिएको कुन कसूरका सम्बन्धमा मर्का पर्ने व्यक्तिले अदालत सक्ष उजुरी दिन सक्नेछ ।
(२) अदालत नभएको ठाउँमा उपनियम (१) बमोजिम उजुरी दिंदा सम्बन्धित श्रम कार्यालयमा दिन सकिनेछ र श्रम कार्यालयले उक्त उजुरी प्राप्त भएको निस्सा सम्बन्धित व्यक्तिलाई दिई यसरी प्राप्त हुन आएको उजुरी सात दिनभित्र सम्बन्धित अदालतमा उपठाउनु पर्नेछ ।