दफा ३१
उजुरी दिन सक्ने
(१) सेवा प्रदायकले बीमितलाई सेवा प्रदान नगरेमा, सेवा प्रदान गर्न ढिला सुस्ती गरेमा वा निर्धारित सेवास्तरभन्दा न्यून गुणस्तरको सेवा दिएमा बीमितले त्यस्तो सेवा प्रदायक उपर सो कार्य भएको मितिले नब्बे दिनभित्र बोर्ड वा बोर्डले तोकेको कुनै निकाय समक्ष उजुरी दिन सक्नेछ ।
(२) उजुरी दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२) उजुरी दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।