दफा १३२
उजुरी दिने हदम्याद
: (१) कसैले दफा १२४ बमोजिमको सजाय हुने कसूर गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले त्यसरी थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ ।
(२) कसैले दफा १२५ बमोजिम जरिबाना हुने कार्य गरेको थाहा पाउने व्यक्तिले त्यसरी थाहा पाएको मितिले एक वर्षभित्र रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष उजुरी दिनु पर्नेछ ।