नियम ४
उजुरी निवेदनमा खुलाउनु पर्ने कुराहरू
नियम ३ बमोजिम दिने उजुरी निवेदनमा देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) निवेदक र प्रतिवादी प्रत्येकको पूरा नाम, थर र वतन,
(ख) ऐनको म्याद भित्र उजुरी निवेदन दायर गरे नगरेको र उजुरी निवेदन दस्तुर तथा ऋण असुली शुल्क बापत अग्रिम रूपमा बुझाउनु पर्ने रकम संलग्न गरे, नगरेको,
(ग) ऋण असुल उपर गर्ने सम्बन्धमा बैङ्क वा वित्तीय संस्थाले ऋणीसँग पटक पटक पत्राचार, छलफल वा वार्ता वा त्यस्तो ऋणको पुनर्तालिकीकरण, पुनरसंरचना वा त्यस्तै किसिमका अन्य क्रियाकलाप गरे, नगरेको,
(ग१) ऋण असुल उपर गर्ने सम्बन्धमा बैङ्क वा वित्तीय संस्थाले ऋणीलाई ऋण चुक्ता गर्न आउने निश्चित अवधि तोकी सो म्याद भित्र ऋण चुक्ता गर्न नआएमा निजका बिरुद्ध आवश्यक कानुनी कारबाही चलाइने व्यहोराको वा बैङ्क वा वित्तीय संस्थामा धितो राखिएको चल वा अचल सम्पत्ति लिलाम विक्री गर्ने सम्बन्धी सार्वजनिक सूचना राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा प्रकाशन गरे, नगरेको वा धितो राखिएको चल अचल सम्पत्ति लिलाम विक्री गर्ने कारबाही चलाउँदा समेत कुनै कारणवश लिलाम विक्री भए, नभएको,
(घ) ऋणीसँग ऋण असुल उपर गर्ने सम्बन्धमा प्रचलित कानुन बमोजिम कुनै अड्डा अदालतमा कुनै मुद्दा दायर गरे, नगरेको,
(ङ) एकजना भन्दा बढी प्रतिवादी भएमा निजहरू सबैलाई पठाउन पुग्ने गरी उजुरी निवेदनको प्रतिलिपि संलग्न राखे, नराखेको,
(च) उजुरी निवेदनमा उल्लिखित दाबीलाई पुष्टि हुने गरी आवश्यक प्रमाण तथा कागजातहरू संलग्न राखे, नराखेको ।