नियम ३२
उजूरी दिन सकिने
(१) यस नियमावली बमोजिम रजिष्ट्रारले दिएको आदेश उपर
चित्त नबुझ्ने पक्षले सात दिनभित्र न्यायाधिकरण समक्ष उजूरी दिन सक्नेछ ।
(२) न्यायाधिकरणको कुनै कर्मचारीले कुनै काम गरी नदिएमा वा ढिलो
गरिदिएमा वा गरिदिन आलटाल गरेमा मर्का पर्ने व्यक्तिले न्यायाधिकरणका अध्यक्ष
वा रजिष्टार समक्ष लिखित वा मौखिक उजूरी गर्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको उजूरी उपर छानविन गर्दा सम्बन्धित
कर्मचारीले जानाजानी वा बदनियतपूर्ण कार्य गरेको देखिन आएमा अध्यक्षले त्यस्तो
कर्मचारी उपर सेवा सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय सजायको कारबाही
प्रारम्भ गर्ने आदेश दिन सक्नेछ ।