नियम
उजूरीको जाँचबुझ गर्ने
(१) निर्वाचन अधिकृतले नियम ८ बमोजिमको उजूरी सम्बन्धमा आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निर्वाचन अधिकृतले नियम ८ को उपनियम  (२) बमोजिम सम्बन्धित व्यक्तिले सबुद वा सफाई पेश गरेको भए सो सम्बन्धमा समेत जाँचबुझ गर्नु पर्नेछ । (३) निर्वाचन अधिकृतले कुनै सबुद प्रमाण संलग्न नभएको उजूरी उपर कुनै कारबाही गर्ने छैन ।