नियम १६
उजूरी

(१) यी नियमहरु अन्तर्गत इजाजतपत्र जारी गर्ने अधिकारीले गरेको कुनै निर्णय वा आदेशमा चित्र नबुभ्mने व्यक्तिले सो निर्णय वा आदेशको सूचना पाएको पैंतीस दिनभित्र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उजूर गर्न सक्नेछ । उजूरीपत्रमा उजूरवालाले आप्नाे नाम र ठेगाना, उजूरीको विषय, आप्mनो माग र उजूरीको आधार स्पष्ट तवरले उल्लेख गरेको हुनुपर्छ र प्रमाणको निमित्त सम्बन्धित सबै लिखतहरुको प्रतिलिपि पनि उजूरीपत्रसाथ पेश गर्नुपर्छ ।

(२) उप–नियम (१) बमोजिमको उजूरीको प्रतिलिपि इजाजतपत्र जारी गर्ने अधिकारी कहाँ पनि पठाउनुपर्छ ।