नियम ५८
उडान अनुमति नदिइने
देहाय बमोजिमका आवश्यकता पूरा नगरेका कुनै पनि वायुयानलाई नियम ५६ बमोजिम उडान अनुमति दिइने छैनस
(क) राष्ट्रिय रजिष्ट्रेशन चिन्ह अंकित नगरेका, तर नियम ५६ को उपनियम (३) को खण्ड (छ) बमोजिमका उडानको हकमा महानिर्देशकले यो खण्ड बमोजिमको शर्त पूरा नगरेको भएतापनि उडान अनुमति दिन सक्नेछ ।
(ख) उडान योग्यताको प्रमाणपत्र नभएको,
(ग) व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र नभएका वा आवश्यक संख्यामा क्रु नभएको,
(घ) हवाई उडानको लागि अन्य आवश्यक कागजात नभएको ।