नियम ५६
उडान अनुमति लिनु पर्ने
ः
(१) नेपाल अधिराज्यको हवाई उडान क्षेत्र भित्र कुनै वायुया उडान गर्न वा कुनै विमानस्थलको धावनमार्ग तथा हेलिप्याडमा उडान तथा अवतरण गर्ने अनुमतिको लागि सम्बन्धित वायुयान धनी वा वायुसेवा सञ्चालन संस्थाले एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई महानिर्देशक समक्ष दरखास्त
दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले अनुमति दिनु पर्ने वायुयानको प्राविधिक पक्ष, विमानस्थल र विमानस्थलको धावनमार्ग समेतलाई विचार गरी दरखास्तवालाको माग अनुसार वा आवश्यक शर्तहरु समेत तोकी उडान तथा अवतरण अनुमति दिन सक्नेछ ।
(३) उपनियम (२) को अधिनमा रही महानिर्देशकले देहाय बमोजिम उडान तथा अवतरण अनुमति प्रदान गर्न सक्नेछस्
(क) द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौता भई सञ्चालन हुने नियमित (सेड्यूल्ड) अन्तर्राष्ट्रिय उडान,
(ख) अनिश्चित (नन् सेड्यूल्ड) र आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर उडान,
(ग) आकष्मिक उडान (जस्तै उद्वार, एम्बुलेन्स आदि उडानहरु),
(घ) कुटनैतिक उडान,
(ङ) परीक्षण उडान,
(च) निजी उडान,
(छ) ग्लाईडर, हैंग ग्लाइडर, प्यारा ग्लाइडर, बेलून, माइकोलाईट तथा सेललेन उडान,
(ज) एरियल सर्भे तथा कृषि सम्बन्धी उडान,
(झ) सबै किसिमका आन्तरिक उडान ।
(४) उपनियम (३) को खण्ड (ग) अनुसारको उडान अनुमति आवश्यकतानुसार मौखिक रुपमा पनि माग्न र दिन सकिनेछ । यसरी दिइएको अनुमतिको अभिलेख राख्नुपर्नेछ ।
(५) उपनियम (३) को खण्ड (ख) र (छ) बमोजिमको उडान अनुमति शुल्क अनुसूची–
१ मा उल्लेख भए बमोजिम हुनेछ ।
(६) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाहरुले नियमित उडानका लागि एनेक्स, म्यानुअल, तथा डिरेक्टिभ्स्मा उल्लेख भए बमोजिम आफ्नो उडान तालिका महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ र महानिर्देशकबाट स्वीकृत भएपछि मात्र उडान सञ्चालन गर्नुपर्नेछ ।
(७) अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालनको लागि उडान अनुमति दिंदा महानिर्देशकले आवश्यक शर्तहरु तोकी दिन सक्नेछ ।