नियम १८
उडान योग्यताको प्रमाणपत्र सम्बन्धी व्यवस्था

(१) उडान योग्यताको प्रमाणपत्र दिने अधिकार महानिर्देशकलाई हुनेछ ।
(२) उडान योग्यताको प्रमाणपत्रको लागि दिईने दरखास्तको ढाँचा, उडान योग्यताको प्रमाणपत्रको ढाँचा र तत्सम्बन्धी अन्य कार्यविधि तथा विवरण एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दिंदा अनुसूची–१ बमोजिम हवाई उडान योग्यताको प्रमाणपत्र शुल्क बुझाउनु पर्नेछ ।