नियम १७
उडान योग्यताको स्तर

(१) नेपाल अधिराज्यमा लागू हुने हवाई उडान योग्यताको स्तर एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम स्तर उल्लेख नतोकिएसम्म अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको जुन सदस्य राष्ट्रको अख्तियारवालाले हवाई उडान योग्यताको प्रमाणपत्र दिएको छ सोही मुलुकमा लागू रहेको हवाई उडान योग्यताको स्तर नेपालमा लागू रहनेछ ।