नियम ३१
उद्योग दर्ता गर्नु पर्ने
(१) अनुमतिपत्रवालाले अनुमतिपत्र प्राप्त गरेको सात दिनभित्र
त्यस्तो उद्योग प्रचलित कानून बमोजिम दर्ता गर्न तथा उद्योगमा विदेशी लगानी रहने
भएमा त्यस्तो लगानीको स्वीकृतिको लागि आवश्यक कागजात, विवरण तथा प्रचलित
कानून बमोजिम लाग्ने दस्तुर सहित ऐनको दफा ३३ बमोजिमको एकद्वार इकाईमा निवेदन
दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा एकद्वार इकाईले सम्बन्धित
सरकारी निकायसँग समन्वय गरी प्रचलित कानूनले तोकेको अवधिभित्र उद्योग दर्ता गरी र
विदेशी लगानी स्वीकृति आवश्यक पर्नेमा निवेदकलाई त्यस्तो स्वीकृतिको प्रमाणपत्र
उपलब्ध गराउनु पर्नेछ ।