नियम २७
उनजिष्ट्रारको नियुक्ति र सेवाको सर्त
(१) ऐनको दफा २७ को उपदफा (१) बमोजिम रजिष्ट्रारको नियुक्तिको लागि उपयुक्त व्यक्तिको छनोट गरी सिफारिस गर्न मन्त्रालयले मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ।
(२) उपनियम (१)- बमोजिमको सिफारिस समितिले ऐनको दफा २७_को उपदफा (१) बमोजिम योग्यता भएको र साठी वर्ष उमेर पूरा नभएको व्यक्तिमध्येबाट एक्काइस दिनको समय दिई कुनै . राष्ट्रियस्तरको दैनिक पत्रिका, मन्त्रालयको वेबसाइट र परिषद्को सूचनापाटीमा सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजात सहित सिफारिस समिति समक्ष दरखास्त दिनु पर्नेछः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको
(ख) व्यक्तिगत विवरण,
(ग) परिषद्मा कम्तीमा “ख” श्रेणीमा नाम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
(घ) न्यूनतम शैक्षिक. योग्यता खुल्ने कागजातको प्रतिलिपि,
(ङ ऐनको दफा ६. बमोजिम अयोग्य नभएको स्वघोषणा,
(च) उपनियम (२) बमोजिमको सूचनामा तोकिएका अन्य आवश्यक कागजात।
(४) उपनियम (३) बमोजिम : दरखास्त दिने व्यक्तिले त्यस्तो दरखास्तसाथ परिषद्को सुधार सहितको पाँच हजार शब्दमा नबढाई तयार गरेको कार्ययोजना समेत छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नु पर्नेछ।
(५). उपनियम (१) बमोजिमको सिफारिस समितिले रजिष्ट्रारको “पदमा छनोट गरी सिफारिस गर्ने प्रयोजनको लागि कुल अङ्कभार पचास कायम गरी देहाय बमोजिमको आधारमा अङ्कभार दिई सो आधारमा मूल्याङ्कन गर्नु पर्नेछः-
(क) कार्ययोजना बापत- -२े५ अङ्क १. विषयबस्तुको ज्ञान -६.५ अङ्क २. सबल तथा कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण सहितको दीर्घकालीन सोच -६.५अङ्क छ सुकामकर बा दियको ती विरनकर्नानर की पलको ४. कार्यान्वयन कार्ययोजना ०६ अङ्क
(ख) कार्ययोजना प्रस्तुतिकरण -१५ अङ्क १. अबधारणागत स्पष्टता दै अङ्क २. प्रस्तुतिकरण शैली -४ अङ्क ३. विषयवस्तुको विश्लेषण क्षमता -४ अङ्क ४. समयको व्यवस्थापन न्दै अङ्क
(ग) अन्तर्वार्ता -१० अङ्क
(६) उपनियम (१) बमोजिमको सिफारिस समितिले उपनियम (५) बमोजिम कार्ययोजना, कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्तामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीनजना व्यक्ति छनोट गरी मन्त्रालय समक्ष सिफारिस गर्नेछ।
तर तीन जना भन्दा कम उम्मेदवार भएमा ऐन तथा यस नियमावली बमोजिमको योग्यता पुगेका सबै उम्मेदवारको नाम सिफारिस गर्न बाधा पर्ने छैन।
(७) उपनियम (१) बमोजिमको सिफारिस समितिले उपनियम (६) बमोजिम सिफारिस गरेका व्यक्ति मध्येबाट मन्त्रालयले एकजनालाई रजिष्ट्रारको पदमा नियुक्त गर्नेछ।
(८) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।
(९) उपनियम (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा परिषद्को हित विपरीत कुनै काम गरेमा वा ऐनको दफा ६ बमोजिम अयोग्य भएको प्रमाणित भएमा मन्त्रालयले निजलाई जुनसुकै बखत रजिष्ट्रारको पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ।
(१०) उपनियम (९) बमोजिम रजिष्ट्रारको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि अर्को रजिष्ट्रार नियुक्ति गरिनेछ।
तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा रजिष्ट्रारको पद रिक्त हुन आएमा नियुक्ति गरिने छ्ैन।
(११) रजिष्ट्रारले निजामती सेवाको - राजपत्राड्रित प्रथम श्रेणीको कर्मचारीले पाए सरहको मासिक तलब, भत्ता र सवारी तथा इन्धन सुविधा पाउनेछ।
(१२) उपनियम (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सेवाबाट निवृत्त भई निवृत्तिभरण पाइरहेको व्यक्ति रजिष्ट्रारको पदमा नियुक्त भएमा निजले उपनियम (११) बमोजिमको तलब, भत्ता तथा सुविधा वा निजले पाइरहेको निवृत्तिभरण मध्ये कुनै एक रोज्नु पर्नेछ।