दफा १८
उपकुलपतिु
(१) उपकुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि सिफारिश पेश गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिशमा कुलपतिबाट उपकुलपतिको नियुक्ति हुनेछ ।
(३) उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ । निजको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।
(४) विश्वविद्यालयको सबै काम कारवाई उपर उपकुलपतिको सामान्य नियन्त्रण रहनेछ र निजले विश्वविद्यालयको काम कारवाईमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ ।
(५) उपकुलपतिले सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन गर्नु गराउनु पर्नेछ । 
(६) कुलपति र सहकुलपति दुवैको अनुपस्थितिमा विश्वविद्यालयको सभा र दीक्षान्त समारोहमा उपकुलपतिले अध्यक्षता गर्नेछ ।
(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा कुनै निकाय वा अधिकारीले गर्ने भनी उल्लेख भएका कामहरू वाहेक अन्य कामहरू उपकुलपतिले गर्नेछ । त्यस्तो कामको जानकारी उपकुलपतिले तुरुन्त कुलपतिलाई गराउनु पर्नेछ र लगत्तै बस्ने सभाको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।
(८) उपकुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।