दफा १३
उपचारका रकम सम्बन्धी व्यवस्था
(१) पीडित शारीरिक वा मानसिक रुपमा अशक्त भएको कारणले अस्पताल वा स्वास्थ्य केन्द्रमा उपचार गराउनु परेमा निजलाई उपचार गराउँदा लागेको र कुरुवा राख्दा भएको सम्पूर्ण खर्च पीडकले व्यहोर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडकको आर्थिक अवस्था कमजोर भएको कारण पीडकले त्यस्तो उपचार खर्च तथा कुरुवा खर्च व्यहोर्न नसकी पीडित आफैले वा प्रहरी कार्यालयबाट त्यस्तो रकम खर्च गरेको भए पीडित वा प्रहरी कार्यालयले त्यस्तो रकम प्रचलित कानून बमोजिम स्थापना भएको लैङ्गिक हिंसा निवारण कोषबाट सोधभर्ना लिन सक्नेछ ।