दफा १२
उपचारको सुविधा
(१) मन्त्रीहरूलाई सामुहिक रूपमा नेपाल सरकारले तोकेको एकजना चिकित्सकको सेवा उपलब्ध गराइनेछ ।
(२) अस्पतालमा भर्ना भई औषधी उपचार गर्नु पर्ने भनी उपदफा (१) बमोजिम तोकिएको चिकित्सकले सिफारिश गरेको मन्त्रीले अस्पतालमा भर्ना भई औषधी उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको प्रेस्क्रिप्शन तथा बिल बमोजिमको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ ।
(३) मन्त्रीहरूले विदेशमा गएर उपचार गराउन परेमा नेपाल सरकारले तोकेको उपचार खर्च पाउनेछन् ।