दफा ४७
उपदान
(१) पाँच वर्ष वा सो भन्दा बढी स्वास्थ्य सेवामा बहाल गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्षदेखि दश वर्षसम्म स्वास्थ्य सेवामा बहाल गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महीनाको तलब ।
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म स्वास्थ्य सेवामा बहाल गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महीनाको तलब,
(ग) पन्ध्र वर्ष भन्दा बढी बीस वर्ष भन्दा कम स्वास्थ्य सेवामा बहाल गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महीनाको तलब ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य सेवामा बहाल रहने वा सो सेवा पाउने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो कर्मचारीलाई उपदान दिइने छैन र प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।