दफा ८७
पुरस्कार
(१) कर्मचारी बहाल भैरहेकोे तह भन्दा एक तह माथिको तहमा बढुवा हुन सम्भाव्य उम्मेदवार हुनुको लागि आवश्यक न्यूनतम सेवा अवधि सम्म लगातार यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको कार्य सम्पादन मूल्यांकन फाराममा अति उत्तम अंक पाई बढुवामा स्थान पाउन नसकेको कर्मचारीलाई पुरस्कार स्वरूप पाँच तलब बृद्धि थप दिइनेछ । यस्तो पुरस्कारको रकम सम्बन्धित विभागीय प्रमुखबाट निर्णय गराई प्रशंसापत्र सहित दिइनेछ ।
(२) उपदफा (१) बमोजिम थप भएको तलब बृद्धि जोड्दा सम्बन्धित कर्मचारीको अन्तिम तलबमान नाघ्ने भएमा त्यसरी नाघेको तलब बृद्धिको रकम निजले पाउने मासिक तलबमाथप गरी दिइनेछ ।