नियम
उपभोक्ता संस्थाको दर्ता
(१) देहाय बमोजिमका सिंचाइ प्रणालीका उपभोक्ताहरुले उपलब्ध भएसम्म तेत्तीस प्रतिशत महिला, दुईजना दलित, उत्पीडित र पिछडिएका जनजाति सहित एघार जनासम्मको कार्य समिति गठन गरी उपभोक्ता संस्थाको दर्ताको लागि अनुसूची–१ बमोजिमकोढाँचामा सम्बन्धित सिंचाइ कार्यालयमा दरखास्त दिनु पर्नेछ ः–
(क) नेपाल सरकारले निर्माण गरी सञ्चालन गरेको,
(ख) नेपाल सरकारले मर्मत सम्भार एवं सुधार गरेको,
(ग) कृषक समूहबाट निर्माण भई संचालन भएको ।
(२) उपनियम (१) बमोजिम उपभोक्ता संस्था गठन गर्दा जुन नहर, शाखा नहर, प्रशाखा नहर, कुलो, कुलेसोबाट वितरित पानी उपयोग गर्ने हो त्यस्तो नहर, शाखा नहर, प्रशाखा नहर, कुलो, कुलेसोबाट हुने सिंचित क्षेत्रको उपभोक्ता मध्ये कम्तीमा सतसठ्ठी प्रतिशत उपभोक्ताको
प्रतिनिधित्व हुनु पर्नेछ । …………………..
स्पष्टीकरण ः यस उपनियमको प्रयोजनको लागि “सिंचित क्षेत्र” भन्नाले सिंचाइ प्रणालीको प्रकृति तथा विस्तारका आधारमा नहर, शाखा नहर, प्रशाखा नहर, कुलो वा कुलेसोबाट उपभोक्ताका लागि पानी वितरण गर्न निर्माण गरिएको डिभिजन बक्स वा टर्नआउटबाट बहेको
पानीले सिंचित हुने क्षेत्रलाई सम्झनु पर्छ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त उपर आवश्यक जा“चबुझ गरी सात दिनभित्र उपभोक्ता संस्था दर्ता गरी अनुसूची–२ को ढा“चामा दर्ता प्रमाणपत्र दिनु पर्नेछ । तर, दरखास्त जा“चबुझ गर्दा कुनै कुरा नमिलेको वा सोही सिंचित क्षेत्रको लागि पहिले नै उपभोक्ता संस्था दर्ता भइसकेको वा प्रचलित कानून बमोजिम दर्ता गर्न नमिल्ने अवस्था भएमा दरखास्त परेको सात दिनभित्र सोही व्यहोराको जानकारी सम्बन्धित उपभोक्तालाई दिनु पर्नेछ ।