नियम ३६
उपभोक्ता समूहको कोषको संचालन
(१) उपभोक्ता समूहको कोष र खाताको संचालन उपभोक्ता समूहले तोकेको सो समूहका दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट संचालन हुनेछ ।(२) उपभोक्ता समूहको आम्दानी र खर्चको बार्षिक लेखापरीक्षण उपभोक्ता समूहले तोकेको व्यक्ति वा निकायबाट हुनेछ ।
(३) उपनियम (२) बमोजिमको लेखापरीक्षण प्रतिवेदनको एक प्रति उपभोक्ता समूहले सम्बन्धित जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
(४) अधिकार प्राप्त अधिकारीले उपभोक्ता समूहले राखेको आम्दानी र खर्चको लेखा समय समयमा जाँचबुझ गर्न सक्नेछ ।