दफा ११८
उपभोक्ता हित संरक्षण सम्बन्धी व्यवस्था
उपभोक्ताको हित संरक्षण गर्ने प्रयोजनको लागि राष्ट्र बैंकले देहायका कार्य गर्न सक्नेछः– (क) इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाले कानून बमोजिम आफ्नो वित्तीय कारोबार सञ्चालन गरिरहेका र उपभोक्तालाई पारदर्र्शी तथा स्वच्छ किसिमले वित्तीय सेवाहरु उपलब्ध गराइरहेको छन् भन्ने कुराको सुनिश्चितता गर्ने, (ख) वित्तीय क्षेत्रमा उपभोक्ता हित संरक्षणको विषयमा समन्वय गर्ने, (ग) बैंकिङ्ग क्षेत्रमा उपभोक्ता हित संरक्षणमा सुधार ल्याउन तथा वित्तीय साक्षरता ल्याउन आवश्यक सूचना संकलन गर्ने ।