दफा
उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने
(१) आयोगले उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा
कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा वा राष्ट्रपति र उपराष्ट्रपतिको पद एकै पटक रिक्त भएको वा हुने अवस्थामा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम राष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।