दफा ३८
उपसमिति गठन गर्न सक्ने
(१) समितिले यस ऐन बमोजिम सम्पादन गर्नु पर्ने काम कारबाहीमा
सहयोग पु¥याउन लगानी, सामाजिक सुरक्षा व्यवस्थापन, लेखापरीक्षण लगायतका विषयमा आवश्यकता
अनुसार सम्बद्ध क्षेत्रका विज्ञसमेत रहेको उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य, अधिकार र कार्यावधि तथा त्यस्तो
उपसमितिका सदस्यले पाउने सुविधा समितिले त्यस्तो उपसमिति गठन गर्दाका बखत तोकिदिए बमोजिम
हुनेछ ।