दफा ८
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
८. उपाध्यक्षको काम, कर्तव्य र अधिकारः
(१) उपाध्यक्षको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः–
(क) आयोगसँग सम्बन्धित काम समन्वयात्मक ढंगले सञ्चालन गर्ने, गराउने,
(ख) मुलुकको समग्र आर्थिक स्थिति, चालु योजना र राष्ट्रिय प्राथमिकताका आयोजना र कार्यक्रमको कार्यान्वयनको स्थितिका बारेमा समय समयमा प्रधानमन्त्रीलाई जानकारी गराउने,
(ग) आयोगको नियमित बैठकको मिति, स्थान र छलफलको विषय स्वीकृत गर्ने,
(घ) आयोगले सम्पादन गर्नु पर्ने काम कारवाही बारे सदस्यको जिम्मेवारी तोक्ने,
(ङ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।
(२) आयोगको नियमित काम कारबाहीहरु उपाध्यक्षको निर्देशन अनुरुप सञ्चालन हुनेछन् ।