नियम ३७
उमेर कायम गर्ने
: (१) बालबालिकाको उमेर फरक फरक उल्लेख भई दुविधा उत्पन्न भएमा ऐनको दफा _५३ बमोजिमका लिखतका आधारमा त्यस्तो बालबालिकाको उमेर यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम वालबालिकाको उमेर कायम गर्दा उमेरको सम्बन्धमा दुविधा कायमै रहेमा उमेर परीक्षण गर्ने सुविधा उपलब्ध भएको सरकारी अस्पतालबाट उमेर परीक्षण गराउनु पर्नेछ ।
(३) उपनियम ।२) मा जुनसुकै क्रा लेखिएको भए तापनि त्यस्तो सरकारी अस्पताल नभएको अवस्थामा सोही जिल्ला वा नजिकैको जिल्लामा अवस्थित उमेर परीक्षण गर्ने सुविधा उपलब्ध भएको अन्य अस्पतालबाट समेत उमेर परीक्षण गर्न बाधा पर्ने छैन ।
(४) उपनियम (२) बा ।३) बमोजिम उमेर परीक्षण गर्दा लाग्ने शुल्क परीक्षण गर्न पठाउने संस्थाले बेहोर्नु पर्नेछ ।