दफा ११
उमेरको हद तथा पदावधि
(१) प्रधान सेनापति ६१ वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहनेछ ।
(२) उपदफा (१) को अधीनमा रही प्रधान सेनापतिको पदावधि तीन वर्षको हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक सम्झेमा सो अवधि पूरा हुनु अगावै प्रधान सेनापतिलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अवकाश दिन सक्नेछ । त्यसरी अवकाश दिनु पूर्व सफाइको मौका दिईनेछ ।
(४) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको प्रधान सेनापति उपदफा (२) को अधीनमा रही आफ्नो पदमा बहाल रहनेछ ।