दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाली सेना” भन्नाले यस ऐन अन्तर्गत नेपाली सेनामा नियुक्त व्यक्तिहरूको सामूहिक सङ्गठन वा त्यसको कुनै अङ्ग सम्झनु पर्छ ।
(ख) “बल (फोर्स)” भन्नाले नेपाल सरकारले खास कामको निमित्त खडा गरेको नेपाली सेनाको कुनै अङ्ग वा समूहको सङ्गठित बल सम्झनु पर्छ ।
(ग) “जङ्गी कारबाहीमा लागेको” भन्नाले देहायका कुनै अवस्था सम्झनुपर्छ ः-
(१) नेपाली सेनाको कुनै अङ्ग भई वा त्यस्तो अङ्गसँग मिली शत्रु विरुद्ध कारबाहीमा लागेको वा काम गरिरहेको,
(२) पूर्ण वा आंशिक रूपमा शत्रुले कब्जा गरिराखेको मुलुक वा स्थानमा जङ्गी कारबाही गरिरहेको वा त्यस्तो मुलुक वा स्थानतिर बढ्दै गैरहेको नेपाली सेनाको कुनै अङ्ग भै वा त्यस्तो सेनासँग मिली काम गरिरहेको,
(३) कुनै विदेशी मुलुकको सैनिकको कब्जामा रहेको बखत नेपाली सेनाकोकुनैअङ्ग भैवा त्यस्तो सेनासँग मिली काम गरिरहेको,
(४) हतियार लिई वा नलिई विध्वंसात्मक वा हिंसात्मक कारबाहीमा लागेका वा लाग्ने आशङ्का भएका जुनसुकै व्यक्ति वा समूह विरुद्ध नेपाली सेनाको कुनै अङ्ग भै वा त्यस्तो सेनासँग मिली आन्तरिक सुरक्षाको कारबाहीमा संलग्न रहेको,
(५) नेपाल सरकारले दफा १३५ बमोजिम जङ्गी कारबाहीमा लागेको भनी घोषणा गरेको।
(घ) “प्रधान सेनापति (चीफ अफ दी आर्मी स्टाफ)” भन्नाले दफा ८ बमोजिम नियुक्त नेपाली सेनाको प्रधान सेनापति सम्झनुपर्छ ।
(ङ) “अधिकृत” भन्नाले पदिकभन्दा माथिका नेपाली सेनाका अधिकृत सम्झनु पर्छ र सो शब्दले जगेडा बल (रिजर्भ फोर्स) का सो सरहका अधिकृत समेतलाई जनाउँछ ।
(च) “पदिक (जुनियर कमिशण्ड अफिसर)” भन्नाले नेपाली सेनाको प्रमुख सुवेदार, सुवेदार, जमदार सम्झनु पर्छ र सो शब्दले जगेडा बलको सो सरहका व्यक्ति समेतलाई जनाउँछ ।
(छ) “कमाण्डिङ्ग अधिकृत” भन्नाले देहायका कुनै अधिकृत सम्झनु पर्छ ः-
(१) युनिट, सब–युनिटको तालुकवाला,
(२) युनिट वा सब–युनिटका टुकडी बेग्लै खटिएका बेलामा त्यस्ता टुकडीहरूलाई मातहतमा राख्ने पदाधिकारी,
(३) दफा ३ को उपदफा (१) को खण्ड (ख) अन्तर्गतको हरेक व्यक्तिको लागि आपू संलग्न भएको कुनै चमु, डिट्याचमेण्ट डिपार्टमेण्टको कमाण्डिङ अधिकृत,
(४) उपखण्ड (३) बमोजिम आपू कहीं संलग्न नभएको अवस्थामा आपूले तत्काल सेवा गरिराखेको बलको कमाण्ड गर्ने अधिकृतले निजको कमाण्डिङ अधिकृत भनी मनोनीत गरेको वा तोकेको अधिकृत,
(५) उपखण्ड (४) बमोजिम कुनै अधिकृत मनोनीत वा तोकेको नभएमा सम्बन्धित बल कमाण्ड गर्ने अधिकृत ।
(ज) “बिल्लादार (नन कमिशण्ड अफिसर)” भन्नाले नेपाली सेनाका हुद्दा, अमलदार, प्युठ सम्झनु पर्छ र सो शब्दले खास कामका निमित्त खडा भएको बलमा रहेको त्यस्तो दर्जाका व्यक्ति समेतलाई जनाउँछ ।
(झ) “चमु” भन्नाले नेपाली सेना अन्तर्गत चमु भनी खडा गरिएको छुट्टै एकाइ सम्झनु पर्छ ।
(ञ) “पृतना” भन्नाले नेपाली सेना अन्तर्गत पृतना भनी खडा गरिएको छुट्टै एकाइ सम्झनु पर्छ ।
(ट) “वाहिनी” भन्नाले नेपाली सेना अन्तर्गत वाहिनी भनी खडा गरिएको छुट्टै एकाइ सम्झनु पर्छ ।
(ठ) “गण” भन्नाले नेपाली सेना अन्तर्गत गण भनी खडा गरिएको छुट्टै एकाइ सम्झनु पर्छ ।
(ड) “पति” भन्नाले अधिकृतदेखि बिल्लादार सम्मका दर्जालाई जनाउँछ ।
(ढ) “आपूभन्दा माथिको अधिकृत” भन्नाले आपूmभन्दा निकटतम् माथिको अधिकृत सम्झनु पर्छ र यस प्रयोजनको लागि पदिक वर्ग तथा बिल्लादार समेतलाई जनाउँछ ।
(ण) “कसुर” भन्नाले परिच्छेद–७ बमोजिमको कसुर मानिने कार्य सम्झनु पर्छ ।
(त) “शत्रु” भन्नाले यस ऐनको क्षेत्राधिकारभित्र पर्ने जुनसुकै व्यक्तिले कारबाही गर्नु पर्ने सशस्त्र सैनिक विद्रोही, सशस्त्र देशद्रोही, सशस्त्र उपद्रवी, सशस्त्र डाँकु तथा अन्य जुनसुकै सशस्त्र व्यक्ति सम्झनु पर्छ ।
(थ) “सैनिक अदालत” भन्नाले दफा ६७ बमोजिमको जनरल सैनिक अदालत, समरी जनरल सैनिक अदालत, डिष्ट्रिक्ट सैनिक अदालत, समरी सैनिक अदालत र दफा ११९ बमोजिमको सैनिक विशेष अदालत सम्झनु पर्नेछ ।
(द) “समिति” भन्नाले दफा २९ बमोजिमको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ ।
(ध) “कल्याणकारी कार्य” भन्नाले बहालवाला तथा भूतपूर्व सैनिक व्यक्ति र निजका परिवारको हितको लागि विमा, औषधोपचार, स्वास्थ्य, छात्रवृत्ति, आवास उपलब्ध गराउने तथा क्यान्टिन सञ्चालन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विद्यालय तथा महाविद्यालय स्थापना गरी सञ्चालन गर्ने कार्यलाई समेत जनाउँछ ।
(न) “कल्याणकारी योजना” भन्नाले कल्याणकारी कार्यमा सहयोग पुयाउने आयमूलक कार्य सम्झनु पर्छ र सो शब्दले नेपालमा स्थापना हुने पूर्वाधार एवं सेवामूलक परियोजना, वित्तीय संस्था तथा उद्योग व्यवसायमा तोकिएको आधारमा ऋण वा शेयर लगानी गर्ने कार्यलाई समेत जनाउँछ ।
तर यस्तो लगानी प्रवद्र्धकको रूपमा हुने छैन ।
(प) “आयमूलक कार्य” भन्नाले कल्याणकारी कार्यमा सहयोग पु¥याउन प्रचलित कानुन बमोजिम अनुमति प्राप्त गरी कुनै संस्थामा लगानी गरी आय आर्जन गर्ने कार्य सम्झनु पर्छ ।”
(फ) “सैनिक प्रहरी प्रमुख” भन्नाले दफा ७८ बमोजिम नियुक्त सैनिक प्रहरी प्रमुख सम्झनु पर्छ र सो शब्दले निजको मातहतमा रही निजको तर्पबाट कानुन वमोजिम अधिकार प्रयोग गर्ने अन्य जुनसुकै व्यक्ति समेतलाई जनाउँछ ।
(ब) “प्राड विवाक” भन्नाले दफा ८१ बमोजिम सैनिक अदालतमा प्राड विवाकको रूपमा उपस्थित हुने व्यक्ति सम्झनु पर्छ ।
(भ) “अन्य अदालत” भन्नाले प्रचलित कानुन बमोजिम गठित सैनिक अदालत बाहेकको अन्य अदालत सम्झनु पर्छ ।
(म) “विभागीय सजाय” भन्नाले दफा १०५ बमोजिम दिइने विभागीय सजाय सम्झनु पर्छ ।
(य) “कारागार” भन्नाले कारागार सम्बन्धी प्रचलित कानुन बमोजिमको कारागार सम्झनु पर्छ र सो शब्दले दफा १३६ बमोजिमको सैनिक कारागार समेतलाई जनाउँछ ।
(र) “आदेश” भन्नाले यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरू बमोजिम अधिकार प्राप्त अधिकारीले जारी गरेको आदेश सम्झनु पर्छ ।
(ल) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।