दफा १२
उम्मेदवार छनौट गर्ने तरिका
सङ्घीय निजामती सेवाको रिक्त पदपूर्तिको लागि उपयुक्त उम्मेदवारको छनौट गर्दा पदको कार्यप्रकृति अनुसार आयोगले लिखित परीक्षाको अतिरिक्त देहाय बमोजिमका परीक्षाको तरिका अपनाउन सक्नेछ:- (क) प्रयोगात्मक परीक्षा, (ख) अन्तर्वार्ता, (ग) आयोगले समय समयमा तोकेका अन्य तरिका ।