नियम १२
उम्मेदवार हुन चाहिने न्यूनतम योग्यता

(१) यस नियमावली बमोजिम छात्रवृत्तिका लागि दरखास्त दिन चाहने व्यक्तिले छनौट समितिले तोकिदिएको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी परीक्षामा कम्तीमा पचास प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनु पर्नेछ ।

(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि छात्रवृत्ति उपलब्ध गराउने विदेशी सरकार, कुनै निकाय वा शिक्षण संस्थाले छात्रवृत्तिका लागि छुट्टै शैक्षिक योग्यता र उत्तीर्ण प्रतिशत तोकेको रहेछ भने सो समेत पूरा गरेको हुनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्साशास्त्र विषयको स्नातकोत्तर र दन्त चिकित्साशास्त्र विषयको स्नातकोत्तर तहकोे छात्रवृत्तिको लागि दरखास्त दिन चाहने व्यक्तिले कुनै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी वा यस्तै अन्य स्वास्थ्य सम्बन्धी संस्थामा कम्तीमा दुई वर्ष काम गरेको हुनु पर्नेछ ।