नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ सम्झनु पर्छ ।

(ख) “आयोग” भन्नाले राष्ट्रिय योजना आयोग सम्झनु पर्छ ।

(ग) “छात्रवृत्ति निर्धारण समिति” भन्नाले नियम ६ बमोजिमको छात्रवृत्ति नीति निर्धारण समिति सम्झनु पर्छ ।

(ग१) ……………………

(घ) “छनौट समिति” भन्नाले नियम ८ बमोजिमको छात्रवृत्ति छनौट समिति सम्झनु पर्छ ।

(ङ) “मूल विषय” भन्नाले छात्रवृत्तिको लागि दरखास्त आव्हान गर्दा सार्वजनिक रुपमा प्रकाशन गरिएको सूचनामा तोकेको विषय सम्झनु पर्छ ।

(च) “परीक्षा” भन्नाले छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा उमेदवार छनौट गर्न  नियम १० बमोजिम लिइएको परीक्षा सम्झनु पर्छ ।

(छ) “विगो निर्धारण समिति” भन्नाले नियम २५ बमोजिमको छात्रवृत्ति सम्बन्धी विगो निर्धारण समिति सम्झनु पर्छ ।