दफा २३
उम्मेदवारको अन्तिम नामावली
(१) दफा ६ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन
तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार क्रमशः लेखिनेछ ।