दफा १६
उम्मेदवारको मनोनयन
(१) दफा १२ बमोजिम अयोग्यता नभएको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवार मनोनयन गर्दा दफा ३ को उपदफा (३) बमोजिमको मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै व्यक्तिलाई प्रस्ताव गरिएको अवस्थामा निजले मनोनयनपत्रमा आफ्नोमञ्जुरी लेखी सहीछाप गर्नु पर्नेछ ।
(४) कुनै व्यक्तिलाई निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ ।
(५) यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “समुदाय” भन्नाले दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू वा मुस्लिम समुदाय सम्झनु पर्छ ।
(६) यस ऐन बमोजिम निर्वाचित उपराष्ट्रपति बहाल रहेको अवस्थामा राष्ट्रपति पदको लागि निर्वाचन हुने भएमा सो पदको लागि उम्मेदवार मनोनयन गर्दा उपराष्ट्रपति पदमा बहाल रहेको व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ ।