दफा २७
उम्मेदवारको मृत्यु भएमा
: (१) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनु अघि वा प्रकाशन भई सकेपछि दलबाट मनोनयन भएको कुनै उम्मेदवारको मृत्यु भई सोको लिखित सूचना निर्वाचन प्रतिनिधि, सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र सो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निर्वाचन अधिकृतले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित भएको सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टाँस्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारको मृत्यु भएकोमा त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि मृत्यु भएकोमा मतदान गर्ने मिति लगायत यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुन निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित भएकोमा दफा ६ को उपदफा (२) बमोजिमको निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि पन्ध्र दिन भन्दा बढी भएमा पुन अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुन मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुन उम्मेदवार मनोनयन गर्न सकिनेछ ।