दफा ११
उम्मेदवारको योग्यता
: निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनु पर्नेछ ः-
(क)  नेपालको नागरिक,
(ख)  पैंतीस वर्ष उमेर पूरा भएको,
(ग)  कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
(घ)  कुनै सङ्घीय कानूनले अयोग्य नभएको,
(ङ)  कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।