नियम ३१
उम्मेदवारको योग्यता
(१) गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदको लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य रहेको महिला उम्मेदवार हुन सक्नेछ ।
(२) गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति उम्मेदवार हुन सक्नेछ ;–
(क) नेपालको नागरिक,
(ख) एक्काईस वर्ष उमेर पूरा भएको,
(ग) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) ऐनको दफा १३ बमोजिम अयोग्य नभएको,
(ङ) अन्य प्रचलित कानूनले अयोग्य नभएको ।
(३) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदको लागि देहाय बमोजिमको व्यक्ति उम्मेदवार हुन सक्नेछ ः-
(क) महिला सदस्य पदको लागि जिल्लाभित्रको कुनै गाउँसभा वा नगरसभाको सदस्य भएको महिला,
(ख) दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि जिल्लाभित्रको कुनै गाउँसभा वा नगरसभाको सदस्य भएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति,
(ग) प्रमुख, उपप्रमुख वा अन्य सदस्य पदको लागि जिल्लाभित्रको कुनै गाउँसभा वा नगरसभाको सदस्य भएको व्यक्ति ।