नियम २७
ऋण असुली अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि ऋणी वा जमानत दिने व्यक्तिले धितोमा राखेको चल अचल सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाम्न नसक्ने भई ऋणीको वा जमानत दिने व्यक्तिको अन्य चल अचल सम्पत्ति समेतबाट असुल उपर गर्नुपर्ने भएमा त्यस्तो चल अचल सम्पत्ति रोक्का राख्न तत्काल सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।
(२) न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो आदेशमा तोकिएको म्यादको अधीनमा रही ऋण असुली अधिकृतले देहाय बमोजिम ऋण असुल उपर गरिदिनु पर्नेछः–
(क) ऋणीलाई बढीमा सात दिनको म्याद दिई निजले बैङ्क वा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको सम्पूर्ण सा“वा व्याज रकम बुझाउन
ल्याउन आदेश दिने,
(ख) ऋणीले खण्ड (क) बमोजिमको म्यादभित्र त्यस्तो ऋणको सा“वा व्याज रकम बुझाउन नल्याएमा ऋणीले धितो राखेको वा नराखेको चल
अचल सम्पत्ति कब्जा गर्ने,
(ग) ऋणीले धितो नराखेको वा त्यस्तो धितो राखेको चल अचल सम्पत्तिले सा“वा व्याज रकम खाम्न नसक्ने भई कसैले जमानत दिएकोमा त्यस्तो
जमानत दिने व्यक्तिको चल अचल सम्पत्ति कब्जा गर्ने,
(घ) खण्ड (ख) वा (ग) बमोजिम कब्जा गरिएको चल अचल सम्पत्ति लिलाम विक्री गर्ने,