नियम २८
ऋण असुली सम्बन्धी कार्यविधि
(१) ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानी दिएको चल अचल सम्पत्ति निजले भोग चलन गरिरहेको अवस्थामा त्यस्तो चल अचल सम्पत्तिको भोग चलन निजबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोहबरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिंदा कब्जामा लिइएका सम्पत्तिहरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कब्जामा लिएको सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाम्न नसक्ने भई ऋणीको अन्य चल अचल सम्पत्ति निजको भोग चलनबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोहबरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिंदा कब्जामा लिइएका चल अचल सम्पत्तिहरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ ।