दफा ६५
ऋण वा अनुदान लिन सक्ने
: (१) सहकारी संस्थाले स्वेदशी वा विदेशी बैङ्क वा संस्था, सङ्घ वा अन्य निकायबाट ऋण वा अनुदान लिन वा साझेदारीमा काम गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी बैङ्क वा निकायबाट ऋण वा अनुदान लिनु अघि मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।