नियम
एउटै नामबाट एक भन्दा बढी दल दर्ता नहुने
(१) ऐन तथा यस नियमावली बमोजिम दल दर्ता गर्दा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुने छैन ।
(२) दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरुको सहमति बमोजिम छुट्टा छुट्टै पहिचान हुने गरी दर्ता गर्नेछ ।
(३) उपदफा (२) बमोजिम परामर्श गर्दा सम्बन्धित दलहरुबीच सहमति नभएमा आयोगले त्यस्ता दलहरुको छुट्टाछुट्टै रुपमा पहिचान हुने गरी दल दर्ता गर्नेछ ।