नियम २२
एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सक्ने
(१) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सम्बन्धित नियोगले अनुसूची-५ बमोजिमको ढाँचामा एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछः-
(क) कुनै नेपाली नागरिकको राहदानी हराएको, नासिएको वा च्यातिएको कारण बिदेशमा अलपत्र परी निजको तत्काल उद्धार गरी नेपाल पठाउनु पर्ने भएमा,
(ख) नेपाली बाब्रु आमाबाट विदेशमा जन्मेको राहदानी प्राप्त नगरेको नाबालकलाई बाबु वा आमासँगै नेपाल फर्काउन परेमा,
(ग) नेपाली बाबु र विदेशी आमाबाट विदेशमा जन्म भएको वा नेपाली आमाबाट विदेशमा जन्म भई बाबुको पहिचान हुन नसकेको नाबालकलाई बाबु वा आमासँगै नेपाल फर्काउन परेमा ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा अनुमतिपत्र लिन चाहने व्यक्तिले आफू नेपाली नागरिक भएको र आफ्नो राहदानी हराएको, नासिएको वा च्यातिएको प्रमाण संलग्न. गरी सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिम यात्रा अनुमतिपत्र लिन चाहने नाबालकका बाबु वा आमाले देहायका कागजात संलग्न गरी सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछः-
(क) बाबु वा आमाको नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र लिएको भए राष्ट्रिय परिचयपत्रको सक्कल र सोको प्रतिलिपि,
(ख) बाग्नु वा आमाको राहदानी,
(ग) सम्बन्धित मुलुकको, सम्बन्धित निकायबाट जारी भएको नाबालकको जन्मदर्ताको प्रमाणपत्र,
(घ) विदेशी आमा भए निजको नाममा सम्बन्धित देशबाट जारी भएको राहदानी।
(४) उपनियम (२) बा (३) बमोजिम प्राप्त निबेदन जाँचबुझ गरी नियोगले अनुसूची-५ बमोजिमको ढाँचामा एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ ।
(५) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा अनुमतिपत्रका लागि कुनै दस्तुर लाग्ने छैन र उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिमको यात्रा अनुमतिपत्रको लागि अनुसूची-४ बमोजिमको दस्तुर लाग्नेछ ।
(६) उपनियम (२) वा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण एकतर्फी यात्रा अनुमतिपत्र जारी हुन नसक्ने भएमा बिभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी एकतर्फी यात्रा अनुमतिपत्र जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन ।
(७) यस नियम बमोजिम जारी भएको यात्रा अनुमतिपत्रको अवधि बढीमा छ महिनाको हुनेछ ।