नियम १४
एकीकृत प्रवेश परीक्षा समिति
(१) एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने प्रयोजनको लागि परीक्षा निर्देशनालय अन्तर्गत रही काम गर्न देहाय बमोजिमको एक चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा समिति रहनेछः-

(क) निर्देशक, परीक्षा निर्देशनालय, आयोग - अध्यक्ष

(ख) चिकित्सा शिक्षा सञ्चालन गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानका

डीनहरुमध्ये समितिबाट मनोनीत चार जना - सदस्य (ग) विश्वविधालय वा प्रतिष्ठानमा परीक्षा सम्बन्धी अनुभव हासिल गरेका विज्ञहरुमध्ये समितिबाट मनोनीत एकजना - सदस्य

(घ) वरिष्ठ अधिकृत, परीक्षा निर्देशनालय, आयोग - सदस्य-सचिव

(२) चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।