दफा ३०
एकीकृत विवरण तयार गर्ने
(१) दफा २९ बमोजिम प्राप्त विवरणको आधारमा कानून मन्त्रालयले सङ्घीय ऐन अन्तर्गत जारी भएका प्रत्यायोजित विधायनको एकीकृत र अद्यावधिक विवरण तयार गर्नेछ।

(२) उपदफा (१) बमोजिमको . विवरण कानून मन्त्रालयले आफ्नो वेबसाइटमा असार मसान्तभित्र प्रकाशन गर्नु पर्नेछ।