दफा ३१
NA
(१) सङ्घीय ऐन बमोजिम प्रत्यायोजित विधायन जारी भएको तीस दिनभित्र समितिको जानकारीको लागि त्यस्तो विधायन सम्बन्धित मन्त्रीले समितिलाई उपलव्ध गराउनु पर्नेछ।

(२) नेपाल राजपत्रमा प्रकाशन भएको प्रत्यायोजित विधायनको हकमा -त्यस्तो प्रत्यायोजित विधायनको नाम र राजपत्रमा प्रकाशित मितिको विवरण मात्र समितिलाई उपलब्ध गराउनु पर्नेछ।