नियम १७
एजेन्सीको काम, कर्तव्य र अधिकार
एजेन्सीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) एजेन्सीको वार्षिक कार्यक्रम स्वीकृत/गर्ने,
(ख) स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने, गराउने,
(ग) राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना एवं सहभागिताका लागि प्रतिबन्धित औषधि सेवन विरुद्ध कार्य गर्ने, गराउने,
(घ) / खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्ध अध्ययन, अनुसन्धान, तालिम तथा गोष्ठी आयोजना गर्ने,
(ङ) खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्ध कार्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य गर्ने,
(च) एन्टीडोपिङ प्रयोगशाला स्थापना र सञ्चालनको व्यवस्था मिलाउने,
(छ) खेलकुदमा प्रतिबन्धित औषधि सेवन बिरुद्धको कार्यको समन्वय र सहकार्यका लागि अस्पतालहरुसँग आवश्यकता अनुसार सम्झौता गर्ने,
(ज) खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्ध काम गर्नका लागि आवश्यक जनशक्ति (डोपिङ अफिसर) व्यवस्थापन गर्ने,
(झ) सङ्घ, प्रदेश र: स्थानीय तह मार्फत खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ज) राष्ट्रिय खेल सङ्घमा एन्टीडोपिङ सम्बन्धी काम गर्ने सम्पर्क व्यक्ति तोक्न लगाई अभिलेख व्यवस्थापन गर्ने र सम्पर्क व्यक्तिहरुका लागि तालिम सञ्चालन गर्ने, गराउने,
(ट) अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारीका लागि ओलम्पिक कमिटीको समन्वयमा एन्टीडोपिङ सम्बन्धी विषयमा अभिमुखीकरण गर्ने,
(ठ) बिभिन्न स्तरमा आयोजना हुने खेल प्रतियोगिता सञ्चालन गर्दा पालना गर्नु पर्ने एन्टीडोपिङ सम्बन्धी आधारभुत विषयको मापदण्ड तोक्ने, अनुगमन गर्ने र सुधारको लागि सिफारिस गर्ने।