नियम १३
एम्बुलेन्स सेवा
: (१) कार्यक्रम अन्तर्गत आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा एम्बुलेन्स सेवा: प्रदान गरिने छैन।

(२) उपनियम (१) बमोजिम “आकस्मिक अवस्थामा प्रदान गरिने एम्बुलेन्स सेवा अन्तर्गत अति गरिबको परिचयपत्र प्राप्त गरेका वा अति अशक्त अपाङ्गता (रातो कार्ड) भएका बीमितलाई प्रथम सेवा बिन्दुसम्म पुग्नको लागि लागेको यातायात खर्च वा बढीमा दुई हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम उपलब्ध गराउन सकिनेछ ।