नियम २४
औषधी आपूर्ति तथा वितरण व्यवस्था
: (१) सेवा प्रदायकले चौबीसै घण्टा औषधी उपलब्ध गराउने गरी औषधी बिक्री बितरण कक्ष (फार्मसी) को व्यवस्था गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको कक्ष नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप हुनु पर्नेछ।

(३) सेवा प्रदायकले कार्यक्रम अन्तर्गत आकस्मिक र बहिरङ्ग सेवाका लागि बितरण गर्ने औषधीको बिवरण बोर्डले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ।