नियम १३६
कटौतीको प्रस्तावको सूचना
कुनै शीर्षकमा खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्न चाहने सदस्यले विनियोजन विधेयक प्रस्तुत भएपछि सम्बन्धित शीर्षकमाथि विचार गरिने दिनको दुई दिन अगावै प्रस्तावको सूचना दिनु पर्नेछ । यसरी सूचना दिँदा एक मन्त्रालयमा एक दलको तर्फबाट एकमात्र सूचना दिन सकिनेछ ।