नियम १४
कडा विस्फोटक पदार्थ थन्क्याई राख्ने
(१) एकसय पच्चीस (१२५) पाउण्ड वा े
सन्ताउन्न (५७) किलो वा सोभन्दा बढी मात्राको कडा विस्फोटक पदार्थलाई गोली छिर्न
नसक्ने र चोरी वा आगलागी हुन नसक्ने स्थायी म्यागजिनमा थन्क्याई राख्नु पर्छ र सो
स्थायी म्यागजिनको बनावट अनुसूची ६ मा लेखिए बमोजिम हुनेछ ।
(२) एकसय पच्चीस (१२५)ं पाउण्ड वा सन्ताउन्न (५७) किलोभन्दा कम मात्राका
कडा विस्फोटक पदार्थ उपनियम (१) मा उल्लेख भए बमोजिमको स्थायी म्यागजिनमा वा
अनुसूची ७ मा लेखिए बमोजिमको बक्स टाइप म्यागजिनमा थन्क्याई राख्नु पर्छ ।
(३) हरेक म्यागजिन बस्ती वा कारखानाबाट कमसेकम ११० मिटर फरक रहेको
हुनु पर्छ । त्यस्तो म्यागजिन रहेको ठाउ“मा आगो निभाउन र दार्म (फायर पिके) पनि रहनु
पर्छ ।